मेची-महाकाली अभियानका लागि एमालेले भारतीय दूतावासबाट ३ करोड ७७ लाख लिएको खुलासा

काठमाडाैँ, २ चैत । मेची-महाकाली अभियानको दाैडमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले छिमेकी राष्ट्र भारतको नेपालस्थित दूतावासबाट मोटो रकम लिएको खुलासा भएको छ ।
२१ फागुनबाट झापादेखि मेची महाकाली अभियानमा निस्केका एमालेका नेता कार्यकर्ता यतिबेला ७ नम्बर प्रदेश प्रवेश गरिसकेको छ । एमाले नेताहरु अभियानको दाैडमा रहेकै बेला भारतीय दूतावासस्थित एक विशेष सुत्रले एमालेले भारतबाट ३ करोड ७७ लाख रुपिँया लिएको खुलासा भएको हो । ‘भारतबाट दिएको त्यति पैसाले एमालेको अभियानलार्इ त पुग्दैन तर भारतको तर्फबाट ३ करोड ७७ लाख रुपियाँ सहयोग गरेका छाैँ’ नाम नछाप्ने शर्तमा ती स्रोतले उज्यालो नेपालसँग बतायो ।
‘यसरी मिलाएको थियो सेटिङ’
एमाले अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्री हुँदा एकाएक भारतविरोधी नेताको रुपमा चिनिए । त्यसअघि भारतको सबैभन्दा नजिकका नेता उनी नै थिए भने भारतबाट उपचारलगायतका अन्य विषयमा सबैभन्दा बढी सहयोग लिने नेता पनि अोली नै हुन् ।
भारतले नेपालमा नयाँ संविधान जारी भएपछि नाकाबन्दी गरेपछि अोली भारतविरुद्धमा उत्रिएका थिए । त्यसपछि राष्ट्रियताको नारामा राष्ट्रवादी नेता बनेका अोलीले नै मेची-काली अभियानको लागि भारतबाट सहयोग जुटाएको खुलेको छ ।
२१ माघमा एमाले अध्यक्ष अोलीले नेपालका लागि तत्काली भारतीय राजदूत रञ्जित रायसँग सहयोग मागेका थिए । राजधानीबाहिरको एक जिल्लामा भेट गरी अोलीले रायसँग अार्थिक सहयोग मागेका थिए । स्रोतका अनुसार एमालेका लागि उक्त रकम राजदूत रायले नै दिलाएर उनी बिदा भएका हुन् ।
अोली र रायको भेटपछि २७ माघमा राजदूत रायले अोलीलार्इ उनको निवास बालकोट पुगेर चेक हस्तान्तरण गरेको स्रोत बताउँछन् । राजदूत रायले भने दूतावासमा उक्त रकम सामाजिक कार्यक्रमको नाममा निकासा गरेको बुझिएको छ ।
एमाले नेताको लागेन फोन
अभियानका लागि एमालेले करोडाैँ लिएको समाचार प्राप्त भएपछि हामीले एमाले सचिव प्रदिप ज्ञवालीलार्इ यसबारे बुझ्नका लागि सम्पर्क गर्याैँ । तर बारम्बार सम्पर्क गर्दा पनि उनको टेलिफोन सम्पर्क हुन सकेन । ज्ञवालीलार्इ उज्यालो नेपालले बुधबार साँझ ६ बजे सम्पर्क गरेको थियो ।
ज्ञवालीको फोन नलागेपछि हामीले प्रचार विभाग प्रमुख योगेश भट्टरार्इलार्इ पनि सम्पर्क गर्याैँ । तर उनको पनि फोन लागेन ।
http://www.ujyaalonepal.com/%E0%A4%AE%E0%A5%87%E0%A4%9A%E0%A5%80-%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE/
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment