'हिन्दु धर्म संग तुलना गर्न लायक धर्म यो ब्रह्माण्डमा कतैपनि छैन'-सहमत हुनेले सेयर गर्नुहोस !
रामायणमा रावणको टाउको जति काटेपनि उसलाई मार्न नसकेर अन्त्यमा नाइटो भन्दा एक इन्च मुनि तिर हानेर मारियो । पाकिस्तानमा तालिवानले मलालाको टाउकोमा तीन गोलि हाने तर उनी मरिनन । बाचिन अनि नोबेल पुरस्कार जितिन । तर संसारमा एउटा पनि यस्तो मान्छे छैन जो नाइटो मुनि गोलि लागेर बाचेको होस । यस कुराले के सिद्ध गर्दछ भने, अहिलेसम्म बिज्ञानले जति पनि सफलता हात पारेको छ त्यसको जग भनेको हिन्दु धर्मलाई मार्ग दर्शन गर्ने वैदिक ग्रन्थहरु नै हुन । भारतलाई उपनिवेश बनाउदा र नेपाल आक्रमण गर्न आउँदा तिनीहरुले हाम्रो धर्म ग्रन्थ चोरेर लगे अनि स्वर्ग यस्तो हुन्छ भनेर गरिएको कल्पनालाई मूर्त रुप दिए । त्यहाँ उनिहरुले ब्रह्माण्डमा नौ वटा ग्रहहरु हुन्छन भन्ने उल्लेख गरेको पनि देखे अनि अनुसन्धान गर्न थाले । जतिसुकै अनुसन्धान गरे पनि १० औं ग्रह पत्ता लगाउन सकेनन् । आकाशमा नौ लाख तारा हुन्छन् भन्ने नेपाली भनाइ छ । बेलायतको एउटा यानले तारापुन्जमा गएर दस बर्ष अघिदेखि तारा गनिरहेको छ तर पनि दश लाख ताराहरु भएको प्रमाण देखाउन सकिरहेको छैन । महाभारत वेदब्यासले लेखे तर उनको महाकाब्यलाई फ्लप खुवाउने गरि संसारकै ठुलो महाकाब्य लेख्ने हिम्मत कसैले गरेका छैनन् । हिम्मत गरि हाले भने मान्छेको शरीरमा जनावरको अङ्ग प्रत्यारोपण गर्ने हिम्मत गर्नेछन् किनकि श्रीस्वस्थानिमा महादेवले गणेशको टाउकोमा हात्तीको टाउको प्रत्यारोपण गरेका थिए । अहिले कलियुगमा चाइनाले सुगुरको किड्नी मान्छेको शरीरमा प्रत्यारोपण गर्नलाई धमाधम अनुसन्धान गरिएको छ । हाम्रो धर्म ग्रन्थमा पृथ्वी ध्वस्त हुने परिकल्पना पनि गरिएको छ । त्यो कुराको पुष्टि अहिले बिश्वमा बढीरहेको आणविक र हाइट्रोजन बम निर्माणमा देखिएको होडबाजीले गर्दछ । जुन बम प्रहार गरिएको केही मिनेटमै पृथ्वी ध्वस्त हुन सक्दछ । त्यसैले हिन्दु धर्म संग तुलना गर्न लायक धर्म यो ब्रह्माण्डमा कतैपनि छैन ।
0 comments:
Post a Comment