भक्तपुरमा छोरी जन्मिएको भन्दै तत्कालै आमाले गरिन् नवजात शिशुको हत्या, अस्पतालमा खुल्यो हत्याको रहस्य

????????????????????????????????????
भक्तपुर, १७ चैत । आफैले जन्माएको बच्ची मारेको अभियोगमा चाँगुनारयण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार विहानदेखि डेलीभरी सम्बन्धी व्यथा लागेकोले तामाङको श्रीमान मेघ बहादुर तामाङ गाउँमा गई पैसा खोजेर आई जिल्ला अस्पताल ल्याउँदा डाक्टरले बच्चाको जन्म बाहिर भइसकेको भनी बताएको र आमाको साथमा बच्चा नभएपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले साहिली तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बालिकाको जन्म भए पश्चात हत्या गरी डेरा कोठा नजिक बाँसघारीमा लगेर गाडेको भनी बताएकी थिइन् ।  प्रहरीले उनको बताएको स्थानबाट बालिकाको शव गाडेको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment