त्रिभुवन विमानस्थलबाट १८२ जना यात्रु लिएर सारजाहका लागि उडेको एउटा जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ ।
शुक्रबार मध्यराति त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमै चरो ठोक्किएपछि भारतको लखनउस्थित विमानस्थलमा चालक दलका सदस्यले आपतकालिन अवतरण गराएर दुर्घटना टारेका थिए ।
समाचार अनुसार एयर अरेबियाको उडान नम्बर जी९५३२ को एयरबस ए-३२० जहाजमा त्रिभुवन विमानस्थलबाट उडेको केही बेरमै चरो ठोक्किन पुग्दा इन्जिनका केही ब्लेड ड्यामेज हुन पुगेका थिए ।
इन्जिनका ब्लेड ड्यामेज भएपनि चालक दलका सदस्यले लखनउ लगेर आपतकालिन अवतरण गराएपछि यो जहाज त्यहीँ ग्राउन्डेड हुन पुगेको छ ।
लखनउमा आपतकालिन अवतरण गराइएपछि त्यसमा सवार यात्रुहरुलाई तत्कालै होटलमा सारिएको पनि एयर अरेबियाले जानकारी दिएको छ ।
‘लखनउको चौधरी चरण सिंह अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराइएपछि अहिले जहाजको मर्मत भइरहेको छ’, गल्फमा प्रमुख कार्यालय रहेको एयर अरेबियाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
समाचार अनुसार एयरबस ए–३२० को अहिले लखनउ विमानस्थलमा मर्मत चलिरहेको छ । मर्मतपछि चाँडै नै यो जहाजले पुनः उडान सुचारु गर्ने एयर अरेबियाले जनाएको छ ।
Air Arabia Airbus A320 diverts to Lucknow after bird strike on departure from Kathamandu, Nepal


0 comments:
Post a Comment