सप्तरी घटनामा ज्यान गुमाउनेको संख्या सात पुग्यो !

४ फागुन, सोमबार सप्तरीको राजविराजमा हिंसात्मक घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमबार राजविराजमा भएको सभा बिथोल्न आएको मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा उनीहरुको ज्यान गएको हो ।  गोली लागि ज्यान जानेहरुमा सञ्जन मेहता, रन्जन मेहता, आनन्द साह, अजय साह, पिताम्बर मण्डल, दिगम्बर यादव र अवधेश ठाकुर रहेका छन् । मधेसी मोर्चाका एक कार्यकर्ताले दिएको जानकारी अनुसार उनीहरुको उपचारको क्रममा हालसम्ममा निधन भएको हो । तर यो संख्या र नामलाई मधेसी मोर्चा र नेपाल प्रहरीले पुष्टि गरिसकेको भने छैन ।  सो घटनामा परी दुई दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएको मोर्चाको दाबी छ ।  
यता सो भिडन्तमा परी सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरी बलका १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । सो घटनाको पुष्टी गर्दै गृह प्रवक्ता बालकृष्ण पन्थीले भने, “मोर्चा र एमालेका बीचमा पर्खालका रुपमा सुरक्षा निकायले भूमिका निर्वाह गरिरहेको थियो, मोर्चाका कार्यकर्ताबाट सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा, भाला र पेट्रोल बम प्रहारसहितको आक्रमण भयो, प्रहरीले आत्मरक्षाका लागि अश्रु ग्यास, हवाई फायर र रबरका गोली प्रयोग गर्दा पनि भीड नियन्त्रणमा नआएपछि ठूलो क्षति हुनबाट जोगिनका लागि बाध्य भएर गोली चलाउनु परेको हो ।” संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको घटनाप्रति भत्र्सना गरेको छ । सोमबार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आकस्मिक बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले दमनकारी कार्य गरी सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर लाल मण्डल र आनन्द साहलाई गोली हानेर हत्या गरेको बताएको छ । साथै दर्जनौंलाई घाइते बनाएको भन्दै घटनाप्रति मोर्चाले घोर निन्दा एवम् भत्र्सना गरेको छ । - See more at: http://aajakokhabar.com/news-details/3297/2017-03-07#sthash.7LoUAnH2.rrHPZuSy.dpuf
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment