हाम्रा थुप्रै मन्दिरका टुँडालहरुमा यौन गरिरहेका कला देखिन्छन । किन राखिए त ति ? भनाई र विश्वास आआफ्नैखाले छन् । हामीले सुन्दै आएको मुख्य कथन चाहिँ के हो भने मन्दिरका त्यस्ता नांगा टुँडालहरुले खराब सोच, भूत प्रेत, पिचास, डंकिनी, बोक्सी, राक्षस र अपसकुनहरुलाई रोकेर मन्दिरभित्र पसन दिँदैन । र देउताको रक्षा गर्छन ।
भन्न त विषालु सर्प, बिच्छी र अन्य जिवजन्तुलाई भित्र पस्नबाट रोक्छन पनि भनिन्छ । चट्याङ पर्नबाट रोक्छ भन्नेहरुपनि प्रशस्तै छन् । त्यस्ता नांगा कलाहरु देखेपछि त्यस्ता खराब तत्व भित्र पस्दैनन भनिन्छ । तर अचम्म, हामीले सुन्दै, देख्दै र विश्वाश गर्दै आएको त्यो भनाई त सत्य होइन रहेछ कि के हो ? नेपालमा रहेका एक जना पूर्व कूटनितिज्ञ त बडो भिन्न तर रोचक तर्क पो गर्छन । उनले त्यसलाई त नेपालीले यौन गर्न नजान्ने प्रसंगसँग पो जोडे । नेपालीले यौन क्रिया गर्न नजानेकाले त्यस्ता कलाहरु कुँदिएको उनको तर्क रहेछ । उनको तर्क अनुसार त्यो बेला यौनको बारेमा नेपाली समाज निकै साँघुरो थियो । यौन बारेमा खुला कुराकानी गर्दा दण्डित नै हुनुपथ्यो । त्यो बेला सञ्चार माध्यमपनि थिएनन् । फिल्म र भिडियोपनि हुने भएन । परिवारमा लाजको विषय भएपछि बाबु, आमा, दाजु भाइ वा समाजले सिकाउने, सुनाउने कुरापनि भएन । कहिँ, कतै सुन्दै नसुन्ने, देख्दै नदेख्ने गरेपछि यौन गर्नुपर्छ भनेर कसरी थाह पाउने त ? त्यो बेला सबैभन्दा सजिलो र सहज तरिका त्यहि टुँडाललाई बनाए रे त्यति बेलाका धर्म गुरु, कलाकारहरुले । भन्न चाहि त्यस्तै पिचास, भूत रोक्छ, सर्प भाग्छन भनेपछि मान्य भयो मन्दिरमा बनाउन । देउतालाई बचाउन भनेपछि जेपनि स्वीकार्य हुने भयो । तर मुल कारण चाहिँ यौनबारे सिकाउन हो रे । उनी हुन फँसिस द नोइयल । सन १९५० ताका उनी भारतकालागि फ्रान्सेली दुतावासमा साँस्कृतिक सहचारी थिए । त्यो बेला नेपालमा फ्रान्सेली दुतावास थिएन । भारतकैले हेर्थ्यो । पछि उनी नेपालका लागि राजदूतनै भए । तिनै नोइयल हुन जसले अन्नपूर्ण जेठो हिमालमाथि पहिलो पटक भएको फ्रान्सेली आरोहणको सम्पूर्ण योजना मिलाएका थिए भारतमै बसेर ।
करिब आठ महिना अगाडि उनैको निवासमा भेट भएको थियो । त्यतिबेला मुलतः नेपाल–फ्रान्स सबन्ध, त्यो बेलाको कूटनीति, नेपाल–भारत सम्बन्ध, राणाहरुको सोच, नेपालमा गरिएको पहिलो आरोहण जुन फ्रान्सेलीले गरेका थिए आदि इत्यादी बारे चासो राखियो । त्यहि बेला उनले नेपाल र भारतमा खिचेका निकै पुराना तस्बिरहरु देखाए ।
उनको एल्बममा हेर्दा त छक्कै परियो । उनले त मन्दिरका टुँडालमा भएका फरक फरक द्रिष्यका बग्रेल्ती खिचेका रहेछन नांगा कलाको फोटो । त्यति धेरै फोटो देखेपछि चासो राखियो किन होला भनेर । हाम्रो जिज्ञासामा बडो चाख दिएर तस्बिरहरु देखाउँदै उनले भने, तपाइँ नेपालीहरुलाई सेक्स गर्न आउँथेन नी । सिक्ने सिकाउने चिज नै, थाह पाउने माध्यम नै थिएन । त्यहि सिकाउन त मन्दिरका टुँडालहरुमा त्यस्ता नांगा कलाहरु कुँदेको नी जताततै” । पहिलो पटक सुनेकाले अचम्म र रोचक दुबै लाग्यो । तर हो होइन दुबै भन्न सकिएन । उनले चाहिँ वास्तबिकता नै त्यहि हो भन्दै थिए ।
0 comments:
Post a Comment