हराएकी रीताको खोजी गर्दा जङ्गल मडारिएको ठाउँ भेटिएको र उक्त ठाउँबाट करिब ४० मिटर तल उनलाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । “घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि उनको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “रहस्यमय घटना भएका कारण थप अनुसन्धान भइरहेको छ ।”रीता एक महिनाअघि देखि मात्र सो होटलमा काम गर्दै आएकी बुबा वीरबहादुरले जानकारी दिनुभयो । मृतक युवतीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको प्रहरीले जनाएको छ । यसअघि गत शनिबार यौनसम्पर्क गर्न नमान्दा भोजपुरकी एक अविवाहित महिलाको हत्या गर्नमा संलग्न खोटाङका विवाहित पुरुष पक्राउ परेका छन् । भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या गरेर फाल्ने चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परेका हुन् ।स्रोत : अमेरिका नेपाल
Home / Uncategories / हाेटलमा काम गर्दै अाएकी १७ बर्षीया युवतीकाे जंगलभित्र सामुहिक बलात्कारपछि बिभत्स हत्या
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment