जानकी मान्दिरमाथि भारतको झण्डा ! के हेर्दैछ सरकार ?

  • अर्थ सरोकार  
जनकपुर - नेपालको प्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथि भारतको झण्डा राखेर नेपालको स्वाभिमानमाथि प्रहार गर्ने काम भएको छ । भारतको झण्डा राखेको थुप्रै समय भैसक्दापनि प्रशासन मौन छ भने त्यहाँका अन्य राजनीतिक दलले समेत यसबारे कुनै चासो देखाएका छैनन् ।

यता स्थानीय केहि युवा भने उक्त घटनादेखि आक्रोशित भएका छन् । 'हामीले नेपालको झण्डा राखौं भन्ने कुरा पनि गरेका हौँ । पहिला दुवै देशको झण्डा थियो, अहिले नेपालको झण्डा फालिएको छ ।  तर हाम्रो ज्यानमाथि नै 'रिस्क' हुने भएपनि हामीले केहि पनि गर्न सकेका छैनौं ।' स्थानीय नरेन्द्र यादवले भने ।

उक्त ठाउँमा भारत र नेपालको झण्डा भएको तर केहि समयमा नेपालको फालेर भारतको मात्र राखेको स्थानीयहरुको भनाइ छ । नेपालको स्वाभिमानमा यत्रो धक्का पर्दासमेत स्थानीय प्रशासन भने मौन बसेको छ।  

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment