दुर्घटनामा स्कुटी चालकको मृत्यु

भक्तपुर नगरपालिका–१५ कालोपाटीमा आज रोकिराखिएको बा३क ३७८१ नंको बसमा बा७९प १७६ नंको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछाप हिलदेवी–१ घर भई भक्तपुरको ताथली बस्दै आएका २२ वर्षीय सूर्य योञ्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

त्यसैगरी, आजै भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा२ख ६२८७ नंको बस थिमि एसएस चोकमा अनियन्त्रित भई विपरीत दिशामा पुगेर बा१स ५०५ नंको पर्यटक बसलाई ठक्कर दिन पुग्दा बस चालक घाइते भएका छन् । ठक्कर दिने बस चालक भक्तपुर नगरपालिका–४ कमलविनायक बस्ने दीपकलाल श्रेष्ठ घाइते भएका छन् । रासस
भिडियो हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment