जोरपाटीको प्रहरी बिटमा स्थानीयद्वारा आक्रमण, १३ जना पक्राउ

 राजधाजनीको जोरपाटी नयाँबस्तीस्थित प्रहरी बिटमा स्थानीयले आक्रमण गरेका छन् । अाक्रमणबाट  १० जना भन्दा बढी प्रहरी घाइते भएका छन् ।
प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले प्रहरी  बिटमा आक्रमण गर्दै त्यहाँ रहेका सामान जलाएका हुन् । ठूलाे  संख्यामा रहेका स्थानीयले आइतबार  बिटमा आक्रमण गर्दा भवनमा क्षति पुगेकाे छ, भने ५ वटा मोटरसाइकल जलेर नष्ट भएका छन्। स्थिति नियन्त्रणमा लिन  प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेकाे छ ।
अाक्रमणमा  उत्रिएको १३ जनालाई  पक्राउ गरिएकाे महानगरीय प्रहरी बृत बौद्धका प्रहरी निरीक्षक आयुष जोशीले जानकारी दिए।
मादक पदार्थ सेवन गरी ट्याक्सी चलाएका राजु लामालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको थियो ।
पक्राउ परेका लामाको मृत्यु भएपछि प्रहरीको कुटपिटले चालक लामाको मृत्यु भएको भन्दै स्थानीयवासी प्रहरी बिटमाथि आक्रमण गरेका हुन् । लामालाई बिहान अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment